घर आंगन, सिद्धि र इमान पाखा अनि पखेरा, भन्ज्याङ पहाड डाकी रहेछन् आफ्नै यो माटोले डाकी रहेछन् आफ्नै यो गाउँले फर्की आउछौ कि भनी पर्खी बसेछन् आफ्नै यो ठाउँमा कर्म, कस्तो यो कर्म छिन भरको सुख खोसदै टाढा, धेरै टाढा भयौ कि सुनौलो भविष्यको आशमा कतै आफूलाई नै विदेशमा भुलेर नै पो बस्यौ कि? रोएको, मसित रक्शी पिएको कलम यो लिएर, कति कोरू भावनाका यी झरनाहरू, कति कोरू कति बसु घर आंगनीमा हाम्रा फूलेर गइ सके कति बर्षहरू बादलीमा जुरेर गइसके कर्म, कस्तो यो कर्म छिन भरको सुख खोसदै टाढा, धेरै टाढा भयौ कि सुनौलो भविष्यको आशमा कतै आफूलाई नै विदेशमा भुलेर नै पो बस्यौ कि? भुल्यौ कि कसो साथीभाईलाई आफ्नो मायालुलाई भुल्याै कि कसो आफ्नो भुमीलाई, सानोमा खेलेको सक्छौ भने अझै हेर यी आँखामा बेदनाले किन बिझेको? भो-भो अब धेरै अबेर भै सक्यो भन छन् तिम्रा आफ्नतहरू कर्म, कस्तो यो कर्म छिन भरको सुख खोसदै टाढा, धेरै टाढा भयौ कि सुनौलो भविष्यको आशमा कतै आफूलाई नै विदेशमा भुलेर नै पो बस्यौ कि? घर आंगन, सिद्धि र इमान