Kishore Kumar Hits

Raju Lama - Hariyo Bhannu Ni Kanchhi - Tribute şarkı sözleri

Sanatçı: Raju Lama

albüm: Hariyo Bhannu Ni Kanchhi (Tribute)


हरियो भन्नु नि, कान्छी, त्यो रानीवन
पहेँलो भन्नु सुनखानी, सुन, मेरो निरमाया
सुरिलो भन्नु नि, कान्छा, त्यो रूख सल्लो
धपक्कै मुहार उजेलो, सुन, मेरो निरमाया
जुनेली रातमा नि, कान्छी, बिउँझेर हेर्दा
कुटुक्क नै मन खाने, सुन, मेरो निरमाया
अँधेरी खोला नि, कान्छा, सुसाई बग्दा
भुतुक्कै यो ज्यान भैजाने, सुन, मेरो निरमाया

सत्य र युगको झुलो र चकमक, कलिको सलाई
जसरी जान्छ वनको पहिरो, उस्तै छ मलाई
साउनको भेल उर्लेर आयो, लग्यो खेत बगाई
जस्तो छ तिम्रो मनको व्यथा, उस्तै छ मलाई
हिमालचुली नि, कान्छी, त्यो पल्लोपट्टी
डढेलो लाग्छ वन धुवाँई, सुन, मेरो निरमाया
न्याउली रुन्छे नि, कान्छा, त्यो रुख डाली
आँसुको भेल भलभलती, सुन, मेरो निरमाया
उर्लन्छ नदी नि, कान्छी, चिरिन्छ छाती
कतिन्जेल बस्नु मन रुवाई? सुन, मेरो निरमाया
मनको कुरा नि, कान्छा, को सुनिदेला?
पोल्छ यो मन भतभती, सुन, मेरो निरमाया

हिमालचुली खोलै र खोल्सा घामै र लाग्दैन
मायालु ज्यानलाई नदेखेसम्म रमाइलो लाग्दैन
हिमालका चुचुरा सेतै छ हिउँले
एकै र झल्को देख्नलाई मन छ, आऊ कुनै निहुँले
मधेसै ज्यानको नि, कान्छी, त्यो मधुवन
माहुरीले लाउँछ गुँड, सुन, मेरो निरमाया
ढक र मक्क नि, कान्छा, त्यो लालीगुराँस
वनैभरि ऐंसेलु, सुन, मेरो निरमाया
फागुन मासमा नि, कान्छी, फूलको बासमा
चल्दछ तिम्रै धुन, सुन, मेरो निरमाया
फागुनै बिते नि, कान्छा, वैशाखै आउँछ
जोबन बिते कहाँ पाउनु? सुन मेरो निरमाया
चल्दछ तिम्रै धुन, सुन, मेरो निरमाया
मनमा बज्छ मुरली, सुन, मेरो निरमाया
चल्दछ तिम्रै धुन, सुन, मेरो निरमाया
मनमा बज्छ मुरली, सुन, मेरो निरमाया
सुन, मेरो निरमाया
सुन, मेरो निरमाया
सुन, मेरो निरमाया

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar