सिर-सिर-सिरी, सिर-सिर-सिरी सिर-सिर-सिरी, सिर-सिर-सिरी वैशाखको हावा चलेको बेलामा तिमी आउ, फेरि पनि आउ तिमी आउ, फेरि पनि आउ प्रेमको मेरो फूलबारीमा प्रेमको मेरो फूलबारीमा सिर-सिर-सिरी, सिर-सिर-सिरी सिर-सिर-सिरी, सिर-सिर-सिरी कही दोरी फूलेको छ कही गुराँस झुलेको छ यही स्वर्ग झुकेको छ यही अमृत बर्सेको छ हामी जन्मेको गाउँलाई बैँसा लागेको छ यही सुखको पलहरू छन् यही शान्तिको पनहरू छन् हाम्रो जीवनको दिनहरू यही रङ्गीएको छ हामीलाई लाग्छ धर्तीमा मोहोनी लागेको छ सिर-सिर-सिरी, सिर-सिर-सिरी सिर-सिर-सिरी, सिर-सिर-सिरी वैशाखको हावा चलेको बेलामा तिमी आउ, फेरि पनि आउ तिमी आउ, फेरि पनि आउ प्रेमको मेरो फूलबारीमा प्रेमको मेरो फूलबारीमा सिर-सिर-सिरी, सिर-सिर-सिरी सिर-सिर-सिरी, सिर-सिर-सिरी