Kishore Kumar Hits

Nepathya - Juna Jhain şarkı sözleri

Sanatçı: Nepathya

albüm: Mero Desh


जूनझैँ शीतलु, घामझैँ पारिलो
जूनझैँ शीतलु, घामझैँ पारिलो
जहाँ जाऊ तिमी दाहिने चन्द्रमा परोस् शान्ति!
दुबोजस्तै फैलिदैँ जाऊ, पातीजस्तै मल्किदैँ जाऊ
दुबोजस्तै फैलिदैँ जाऊ, पातीजस्तै मल्किदैँ जाऊ
वरपिपलझैँ मेरो देउरालीमा छाऊ न, आऊ
वरपिपलझैँ मेरो देउरालीमा छाऊ न, आऊ

दिन छँदै बादलुले हिमाललाई छेके के भो?
आखिर भोलि उजेली त हुनु छँदैछ
आखिर भोलि उजेली त हुनु छँदैछ
मन बाझ्ने कुराहरू आपसमा धेरै होलान्
आफ्नै सम्झी बिर्सिदिनु
चुपचाप आवाज छन्(आवाज छन्)
आवाज छन्(आवाज छन्)
आवाज छन्(आवाज छन्)

हो-हो, हो-हो...
हो-हो, हो-हो...
मिर्मिरेमा निस्केजस्तै दिनभरि कर्म गर्दै
साँझ घर फिर्न पाऊँ
मिर्मिरेमा निस्केजस्तै दिनभरि कर्म गर्दै
साँझ घर फिर्न पाऊँ
तिमी-हामी मरेर गए नि
हो, तिमी-हामी मरेर गए नि
यो देश सधैँ रहिरहोस्

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar