दार्जिलिङको रेलगाडी 'छुक-छुक' गर्दै अघि बढी बूढापाखा, यौवन, सबैलाई समेटी हिँडी बितिसके कति जीवन, आयो फर्की कति अघि बढेछौ है तिमी, रुक्ने न कहिले पनि संसार म छाडी आएँ, तिमी जस्तै हैन, अर्को है बतासे डाँडा काटेर आयो है फेरी फर्केर इन्जिन धुवाँ उडाई, 'कु-कु' गरी सिटी बजाइ संसारको भीडमा आज, भागेछु मो आज तिम्रो र मेरो माझ पुरानो यो बन्धन अझ लैजाऊ मलाई तिमीसँगै, जिउन यहाँ गाह्रो भयो है कु-कु... कु-कु... कु-कु... आ-हा-हा... दुई दिनको जिन्दगानी, मर्ने छौँ है सबै हामी जिउने छु म माया नमारी, आ-हा मनभरी माया बोकी, समझन्छु म घरीघरी गर्न अझ कति धेरै तर टाढा त जानु छ मलाई, संसार जित्नु छ मलाई नसक्ने केही नरैछन् है, हो-हो तिम्रो साथ भएदेखि, तिम्ले हात थामेदेखि संसार म जितिदिन्छु, आकाश म चुमिदिन्छु हरियाली-हरियाली, चारैतिर हरियाली जतातिरै हेर भरिएको चियाबारी उकाली र ओराली गर्दै आयो डाँडा काटी कहिलेकाहीँ तिमी सम्झी याद आउँछ बेस्सरी हिँडेछु त्यो पारी, चढेर म रेलगाडी कु-कु... कु-कु... (कु-कु...) रेलगाडी-रेलगाडी, चढेर है जानेछु म रेलगाडी-रेलगाडी (कु-कु...) रेलगाडी-रेलगाडी, चढेर है जानेछु म रेलगाडी-रेलगाडी (कु-कु...) रेलगाडी-रेलगाडी रेलगाडी, आ-हा-हा...