Kishore Kumar Hits

Bipul Chettri - Allarey Jovan şarkı sözleri

Sanatçı: Bipul Chettri

albüm: Maya


एहे, गौँथली चरी
गौँथली चरी, मेरो मनकी परी आज कता भगेछ?
Hmm, वरिपरिको हरियाली हेर, आज कता मासेछ?
एहे, सललल बगिरहने, कललल खेलिरहने यो टिस्टा खोला
Hmm, बगेको नै देखिन्दैन यो, कस्तो यो बेला!
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन? हे

एहे, पाउनु त यहाँ धेरै, लाउनु त यहाँ धेरै, माया नपाउने
दुई दिनको यो जिन्दगीमा, नानी, कति पिराउने?
एहे, लिने त यहाँ धेरै, दिने त यहाँ थोरै, कसरी पुग्ने?
लगेर जानु केही नै छैन, साथी, कति थुपार्ने? हे
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन? हे

शीतल-शीतल हावा बग्यो, मनै रहर
आउने दिनहरू कस्तो होला, थाहै छैन
मनमा कस्ता-कस्ता कुराहरू खेलिरहन्छ
अस्तित्व खोजिरहेँ, आजसम्म पाएछैन

एहे, मनको कुराहरू मनमै रह्यो, कसलाई म के भनूँ?
साँचेको माया पाएकै छैन, कसलाई म के सोधूँ?
एहे, चारैतिर झललल कञ्चनजङ्घा हिमालले ढाक्यो संसार
पहाडमा पनि शान्ति नै छैन, छाडिजाऊँ है कि म सहर? हे
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन?
अल्लारे यो जोबन
कसलाई दिने यो मन?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar