बग्दै गरेको निश्चल खोला झैँ बग्दै नै छ, समय हाम्रो यो डुब्न हिँडेको सूर्यघाम झैँ डुब्दै नै छ, जिन्दगी हाम्रो यो जिन्दगी एउटा अन्यौल यात्रा हो भोलि के हुने केही थाहै हुँदैन तर मेरी मायालु, जस्तो-जे भएपनि मेरो माया तिमीलाई कहिल्यै मर्ने छैन चाहना त सधैँभरि साथ रहनु हो बाँचुन्जेल तिमीलाई माया गर्नु हो तिम्रो निम्ति सास फेरिरहनु हो "मेरो माया, मात्र तिमी", भन्नु हो सोचे जस्तै सधैँ सँगै हुन कहाँ सक्छौँ र? हामी सधैँ यस्तै तर मेरी मायालु, सँगै नभएपनि मेरो माया तिमीलाई कहिल्यै मर्ने छैन चाहना त सधैँभरि साथ रहनु हो बाँचुन्जेल तिमीलाई माया गर्नु हो तिम्रो निम्ति सास फेरिरहनु हो "मेरो माया, मात्र तिमी", भन्नु हो कतै टाढिए भने हामी दुई माया तिमी नमार्नु फर्की आउँछु, तिम्रै लागि साथ तिमी नछोड्नु तिम्रै लागि जिउँदै छु आँसुहरू पिउँदै छु, मायालु! चाहना त सधैँभरि साथ रहनु हो बाँचुन्जेल तिमीलाई माया गर्नु हो तिम्रो निम्ति सास फेरिरहनु हो "मेरो माया, मात्र तिमी", भन्नु हो बग्दै गरेको निश्चल खोला झैँ बग्दै नै छ, समय हाम्रो यो