Kishore Kumar Hits

Rohit John Chettri - Badal şarkı sözleri

Sanatçı: Rohit John Chettri

albüm: Badal


उडिरहेको बादलजस्तै गन्तव्य खोज्दै छु
अतालिएको मन बोकी जिन्दगी हिँड्दै छु
उडिरहेको बादलजस्तै गन्तव्य खोज्दै छु
अतालिएको मन बोकी जिन्दगी हिँड्दै छु
समयको चोटहरूले जिउन सिकाइदिन्छ
सुखदु:खका सम्झनामा मन रमाइदिन्छ
अनाैठो, अन्योल यात्रा जिन्दगीको
कतै काँडा, कतै फूल, गोरेटो जिन्दगीको

मन नि कस्तो, कता-कता डुल्दै हिँड्दिन्छ
बुझाउन नसक्दा आफैलाई यसले धुरुधुरु रोइदिन्छ
मन नि कस्तो, कता-कता डुल्दै हिँड्दिन्छ
बुझाउन नसक्दा आफैलाई यसले धुरुधुरु रोइदिन्छ
हुने भए भक्कानो फुटाई आँसु रित्त्याइदिन्थेँ
पागलजस्तै हाँसेर खुसी मेटाइदिन्थेँ
शून्य भई आकाशजस्तै
केही नबोली चुपचाप अडिदिन्थेँ

जलिरहेको मन कहिलेकाहीँ म आँसुले चिस्याउने गर्छु
टुक्रा-टुक्रा खुसी जोडेर आफै नै रमाउने गर्छु
जलिरहेको मन कहिलेकाहीँ म आँसुले चिस्याउने गर्छु
टुक्रा-टुक्रा खुसी जोडेर आफै नै रमाउने गर्छु

उडिरहेको बादलजस्तै
उडिरहेको बादलजस्तै
उडिरहेको बादलजस्तै
उडिरहेको बादलजस्तै...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar