मनभरिको माया यो गीतमा पोखेछु मनले नै सुनी, मायालु, तिमी बुझ्दिनू ओठले केही भन्न खोज्छ तर बोली फुट्दैन आँखाको भाषा, मायालु, तिमी सुन्दिनू दिन मन छ मेरा सारा माया र खुशी तिम्लाई यो मनको कुरा, मायालु, तिमी बुझ्दिनू मनभरिको माया यो गीतमा पोखेछु मनले नै सुनी, मायालु, तिमी बुझ्दिनू ओठले केही भन्न खोज्छ तर बोली फुट्दैन आँखाको भाषा, मायालु, तिमी सुन्दिनू दिन मन छ मेरा सारा माया र खुशी तिम्लाई यो मनको कुरा, मायालु, तिमी बुझ्दिनू ♪ जसरी झरीलाई बादलले, जूनलाई ताराले साथ दिन्छ त्यसै गरी म हुनेछु जसरी सागरमा बतासले, गीतमा शब्दले रङ्ग भर्छ त्यसै गरी म आउनेछु जीवनको यात्रा, माया, सजिलै कटिन्न अप्ठ्यारो बाटोको सहारा म नै बन्नेछु सुखैसुख मात्र पनि त कहिल्यै हुँदैन दुःख पर्दा सँगै रुने साथी म नै हुनेछु मनभरिको माया यो गीतमा पोखेछु मनले नै सुनी, मायालु, तिमीले बुझ्दिनू ओठले केही भन्न खोज्छ तर बोली फुट्दैन आँखाको भाषा, मायालु, तिमी सुन्दिनू दिन मन छ मेरा सारा माया र खुशी तिम्लाई यो मनको कुरा, मायालु, तिमी बुझ्दिनू यो मनको कुरा, मायालु, तिमी बुझ्दिनू यो मनको कुरा, मायालु, तिमी बुझ्दिनू