Kishore Kumar Hits

Rohit John Chettri - Jooni Jooni şarkı sözleri

Sanatçı: Rohit John Chettri

albüm: Jooni Jooni


आँखाले, मनले जता हेरेपनि
तिम्रै झझल्को खोजी हिँड्छ
यादले, सासले जति भुलेपनि
मन तिम्रै गीत गाइदिन्छ
अब तिमी आऊ न
धेरै नसताऊ न
माया मेरो मात्र तिमीलाई
तिमीलाई पर्खी बसेछु
मुटु भित्र राख्नेछु
माया, तिमी आइदेऊ न
जुनीजुनीको साथ यो
तिम्रै लागि मैले साँचेको
जीवनको मेरो गीत यो
तिम्रै सङ्गीतले सजिएको

ओठले तिम्रो मेरो नाम बोलाइदेऊ
आँखामा मेरो सपना सजाइदेऊ
अँगालोमा तिमी मलाई समाइदेऊ
मायाको संसारमा सँगै रमाइदेऊ
हावाले, झरीले मलाई छोएपनि
स्पर्श तिम्रै नै छोडिदिन्छ
एक्लै कतै म भएपनि
सम्झना तिम्रो साथ हुन्छ
अब तिमी आऊ न
धेरै नसताऊ न
माया मेरो मात्र तिमीलाई
तिमीलाई पर्खी बसेछु
मुटु भित्र राख्नेछु
माया, तिमी आइदेऊ न
जुनीजुनीको साथ यो
तिम्रै लागि मैले साँचेको
जीवनको मेरो गीत यो
तिम्रै सङ्गीतले सजिएको
जुनीजुनीको साथ यो
तिम्रै लागि मैले साँचेको
जीवनको मेरो गीत यो
तिम्रै सङ्गीतले सजिएको

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar