Kishore Kumar Hits

Ease Is Easy - Ama Runchin şarkı sözleri

Sanatçı: Ease Is Easy

albüm: Ama Runchin


आमा रुन्छिन, रुदिन म
थाहाँ छ उनलाई कहाँबाट आउदैछु म
मेरा पाइला लडखडाउछन
आमा रुन्छिन तर रुदिन म
आमा सपनाको नजिक छु, छुन सक्छु त्यसलाई
अनी बिदेश गई कसरी धोका दिनु देशलाई?
आमा म त नालायक, आउछँ मात्र लेख्न
एक कविले कसरी सक्छ कलम बेच्न?
आमा तिमी नतर्स म ठुलो भाको छैन
थाछ मलाई कमाइको बाटो छैन
परिस्थिती नबुझ्ने म लाटो हैन
तर त्यती नी खास म त्यस्तो बाठो छैन
के गर्नु आमा विडम्बनाको क्षण
तिमी भन्छौ जागिर मलाई चढ्न छ stage
म भन्छु नेपाल, तिमी भन्छौ विदेश
कलाकार भोकै मर्छन यहाँ यस्तै छ देश
आमा नरोउ न मैले हार मान्या हैन
यि सुन्ने कानहरु बाटो लाग्या छैन
तिमिलाई खास लाग्दैन तर छोरा तिम्रो ठिक छ
आजसम्म देख्याछैन जसले गित लेख्दा जित्छ
आमा रुन्छिन, रुदिन म
थाहाँ छ उनलाई कहाँबाट आउदैछु
मेरा पाइला लडखडाउछन
आमा रुन्छिन तर रुदिन म
आमा सपना सबको हुन्छ, मेरो नी छ
मलाई थाहाँ थेन पाउन त्यसलाई गाह्रो रैछ
कर्म त गरे तर फल कहिले पाउने
आमा विपनाको मोल त सानो रैछ
आमा जित हुन्छ हार अनी हार हुन्छ जित
जब पाउदिन म तिमिलाई आफ्नो समिप
चिन्ता नलेउ अली खराब बानी थियो
तिम्रो पाऊँमा समुन्द्र, पैसा त पानी हो
के नै मोल छ यसको आमा तिम्रो अघी?
जती ठुलो भएनी हुन्न यसको पछी
बुझन आमा मलाई तिम्रो हासोँको खाचो
संसार त केवल चलचित्र लाग्यो
सब दौडेको दौडेई, भागेको भागेई
देउता लाई बिर्सी मायाँ मागेको मागेई
मेरो आखाँमा तर सबैलाई सम्मान
थाहाँ छ मलाई आमा तिमीनै मेरो भगवान
आमा रुन्छिन, रुदिन म
थाहाँ छ उनलाई कहाँबाट आउदैछु
मेरा पाइला लडखडाउछन
आमा रुन्छिन तर रुदिन म

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar