म पाताल रोज्छु स्वर्गको सिढी छ भन्ने कुरा के सहि छ र मान्छे मर्ने कुरा? कि मृत्युले पार्छ जन्म पूरा? पछि कुद्ने हुदा के खोज्नु र? जब भाग्य निश्चित किन सोच्नु र? किन रगतको नातालाइ ढोग्नु र? जब दिमागमा त्यसको बोध हुन्न मलाइ मानव हैन मानवता को पिर छ यति लामो यात्रा अब फेरि फिर्क वानर जाती लाई भन अघि बढ्नुहुन्न कि आगो लाई भन तिमी जल्नुहुन्न कि स्याउ लाई भन तल झर्नुहुन्न कि टेस्ला लाई भन तिमी मर्नुहुन्न कि सबैलाइ भन पैसा गन्नुहुन्न कि आइन्सटाइन लाई भन बम बन्नुहुन्न हुन्छन यी नाम कमाउन आफ्नै आमालाइ जंगली भालु भन्नेहरु हुन्छन यी दामको लागि आफ्नै दिदिबहिनी बेश्याको गिन्ती गन्नेहरु हुन्छन यी मुख छाडी अरुको देहान्त मा आफ्नो फाइदा गर्नेहरु हुन्छ्न यी कुत्ता कुदे पैसा पछ्याउँदै एक्कासी पागल बन्नेहरु यहाँ ज्ञानको कमि, सब नामको धनी सब नाङ्गो बनी राख्ने बाङ्गो छवि हरु आउने कति तर जाने अलि थोरै जान्ने बनी मुख खोल्दा राम्रो चुप लाग्ने दिमाग हुन्न कामको इज्जत नै छैन के दाम छ नाम को के काम छ रातको जब घाम रहेन के काम इमानको जब ज्ञान भएन एक चित्र खिच्ने यन्त्र बोकेर दौड लगाउनेहरुको हुल छ यहाँ सानोतिनो सुखमा खुशियाली को अर्थ भुल्छ मुख छाड्नेहरु कुल छ, दिमाग बाड्नेहरु चाहिँ लाटा छ अंक गन्दै बस्नेहरु भन असली चलचित्र मा कति आँखा छ ज्ञानको कमि यहाँ दिमाग त छ तर ज्ञानको कमि किताब त छ तर ज्ञानको कमि सिद्धान्त छ तर ज्ञानको कमि ज्ञानको कमि यहाँ बिरानो छ हुदा ज्ञानको कमि मन त छ तर ज्ञानको कमि धन त छ तर ज्ञानको कमि सिद्धान्त बोकि कर्म गर्ने भिड्मा, दैविक आनन्द आउँछ पत्थरमा हिड्दा ती काडाले पैताला चिर्दा, फुल बर्सिन्छन त्यहा रक्त गिर्दा भीषण बाढी आउँछ मेरा वाणी मिल्दा, आचार्य को विटमा शब्द सिल्दा ज्ञानको ज्योती लाई ल्याउछु फिर्ता, जुन हराइसको यिनको बाउको बिर्ता जस्तै अबोधले स्तनहरु टोक्दछ, आफ्नै आमाको मासु भोग गर्छ त्यही देख्छु म त सब स्वतन्त्र, यहाँ युटयुब मा मिलियन भोजन छ म त दर्शक को कति पानीमा, हिपहप आमा तेरो नेपहप सानिमा बाउ ज्ञान हो छैन तेरो गाडिमा, त खलासी मेरो फ्लो को बाढिमा बगाएर म एक नौका जस्तै सब बौलाहा हरुलाइ तिरस्कार दिमागका कोशिका बिना धार ढिक्का चाल चल्दै सिनाफाड तर बुद्धि त हुन्न छातीमा मात्र लेख्या मसि को रङ छ आधार बिना मात्र बोलिले के भिड जुलुस बन्छ र? सफा गर त सफा गर तेरो मन र हातको मैलो लाई सानो पित्तरुपी मान्छेहरु बोक्छ्न अबिरल धनको थैलो लाइ अन्धो बोल्छ बहिरो लाइ, बहिरो चाहिँ सुन्ने लाटो लाइ लाटो चाहिँ पुज्ने बाठो लाई, बाठो चाहिँ कुर्ने पासो लाइ