Kishore Kumar Hits

Ease Is Easy - Malai Mero Ma şarkı sözleri

Sanatçı: Ease Is Easy

albüm: Malai Mero Ma


आज आफ्नै खोजमा म भौतारिंदै छु
म को हो?
यो "म" भन्ने सर्वनामको अर्थ कहाँ बास बस्छ?
के मेरो म, र अरुको म भिन्न छ?
कि सबै एक हो?
किन आज एक्लै छु?
कि मेरो मनले मलाई एक्लो बनाउदै छ?
यो मेरो म के हो, यो मेरो म कहाँ छ?
कस्तो छ यो मेरो म?
प्रश्नहरुमा आज म डुब्दै छु
म एक प्रश्न हु
पूर्व जन्मी, यो दक्षिणी र पश्चिमी संगीतको उत्तरमा (Yeah)
म बुद्धमा खोज्छु सुख यहाँ
तरा राणा सासन झै दुःखमा
म शुद्ध यहाँ, छन् लुप्त जहाँ
अपमान र घृणा भइ शुन्यता
म धुलोमा, गरीबको चुलोमा
हरेक बेघरको छाप्रोको दुलोमा
म बाढिमा, पहाडको पहिरोमा
दुर्घतित विमान, समुन्द्री गहिरोमा
म घाँसमा, गाँजाको पातमा
तेरो हातमा, हरेक तल्लो र पीडितको जातमा
म राखमा, चिताको अग्नीमा
जलिरहेको लासको विधुवा पत्निमा
म असतिमा, घुस्को सम्पत्तीमा
म डुब्दै छु, जागरुक रैछु
म शक्तिको आवज बन्दुक रैछु
म टुक्रेछु देश बिदेश जस्तै
पीडित किसानहरूको बाँझो खेत बन्दै
म भाग लिन्न कसैको अपमानमा
हाँस्दिन अरुको बलिदनमा
म वायु हु, सबैको फोक्सोमा
जातपातले गरिने म रोकटोकमा
म हिन्समा, म कुसोचमा
बलत्कारीहरुको म छु हिंसामा
म चामलमा छु, जुन पहाड्मा पुग्दैन
त्यो आवजमा छु, जुन सरकारले सुन्दैन
त्यो हवसमा छु, जस्ले आफ्नै खुन खान्छ
त्यो बाउमा छु, आफ्नै छोरीको लुगा तान्छ
म निचमा छु, म फोहोरीमा छु
म सरीर बेच्ने दलाल छोरीमा छु
म एक प्रश्न हु, पूर्वजन्मि, यो दक्षिणी र पश्चिमी संगीतको उत्तरमा
म छु डरमा, म छु त्रासमा
म रोग-पिडीत मन्छेको आशमा
म दैत्यमा छु, म देउतमा छु
म हुलमा छु, हरेक एउटामा छु
म क्रान्तीमा छु, म शान्तिमा छु
म ज्यान लिद छु, म दुःख हु, झर छ आँसु बनेर
बदला हु, मार छु आँसु गनेर
म एक बौलाहा हु, म पागल हु
म लुटिएको इज्जत अनादर हु
म हराएको मन प्रतिश्या हु
अपमान गरिएको भिक्ष्या हु
म पाप हु, नर्कको ताप हु
म दानवहरु जगाउँने जाप हु
म मृत्यु हु, रोगी शिसु हु
अपहेलना सहेको एक भिक्षु हु
बुढापाका हु, घरबाट त्यागिएको बच्चा हु
सडकमा फ्याकिएको म प्रेमी हु, झुण्डिएको पासोमा
म बास बस्छु पापीको हाँसोमा
म बाघमा जसको छाला तानियो
म गैंडामा जस्लाई आज मारीयो
म हिंसामा, म बिरोधमा
म अरुले फसाएको निर्दोशमा
म आफुमा, म यो संसारमा
म हरेक अपरिचित लगनसारमा
जसलाई दुःख छ, जीवन अधेरो छ
सेरोफेरोमा पिडाको मोटो घेरो छ
मलाई दुःख छ, जीवन अधेरो छ
हरेक पल सताउदै छ, मलाई मेरो म
मलाई दुःख छ, जीवन अधेरो छ
हरेक पल सताउदै छ, मलाई मेरो म
मलाई दुःख छ, जीवन अधेरो छ
हरेक पल सताउदै छ, मलाई मेरो म

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar