मैले आस दिए, आत्मविश्वास दिए आफ्नो मर्यादा नाघेर सबैलाइ साथ दिए धेरै लाई हात दिए, गितको धार दिए भबिस्यको बाटो खोल्न आफ्नो ईतिहास दिए पाना फर्काउने सबैले नबुझ्लान पाठ तर औला पक्रिनेले टोके कतिचोटी हात तर कति मलम लाए, काटिएन नाक तर भोकै बसियो खोसिन अरुको छाक तर को बस्छ म भित्र म बाहिर छु अर्को जति लेखेपनी सकिएन शब्द हरु मनको एक एक अक्षर हरु चर्को, पंत्ति हरु बन्थ्यो कति चोटि चेतनाले बिट बन्द गर भन्थ्यो त चाहिँ खा आफैलाइ पूरा गर्न यो गित मात्र लेखेर तेरो जिन्दगी हुन्न ठिक तर त छस विखण्डित, के गर्न सक्छ्स अरु? फ्याकिदे कलम "इज" लाई थुनिदे बरु यो इज हैन दिवश बोल्न खोजिराछ दिवश छोड्न सोचिराछ, इज कोर्न रोजिराछ आन्तरिक द्वन्द्व, दुई भाग, मुटु घोचिराछ अघि बढ्न खोज्दा संगीत ले नै मलाइ रोकिराछ यो इज हैन दिवश बोल्न खोजिराछ दिवश छोड्न सोचिराछ, इज कोर्न रोजिराछ आन्तरिक द्वन्द्व, दुई भाग, मुटु घोचिराछ अघि बढ्न खोज्दा संगीत ले नै मलाइ रोकिराछ अरुको दुखको दृष्टि जब नयनले सम्हाल्थ्यो त्यसमा आफुलाइ खोज्दै नया कृतिले अङ्गाल्थ्यो म कवि त थिइन सायद लेखकको नै हाल थियो दिमाग भरी शब्द तर पेट्मा अनिकाल थियो जहाँ हाड फराकिलो, घाँटी खुम्चिएको बटुल्थे टुक्रा जीवन आफैले नै कुल्चिएको यो भाग्यको दोष, म त कलमले हुर्किएको हत्केलाका रेखा त्यही निवले खुर्किएको हिजो तर भोलि को कथा विभिन्न आफ्नो जुत्ता त्यागी सजिलो अर्को किन्न यात्रा निकै लामो, बर्षौ आफैलाइ चिन्न बरु ढिलो पुग्छु तर छोटो बाटो लिन्न त्यही हो पुरुष को पथ बोल्नु पर्दा खासमा भुजा हरु हेर्दा मात्र, जिम्मेवारी काधमा सबैजना गिज्याउछन हिडेर जुत्ता फाट्दा खुट्टा हेरि हास्छन कोहि देख्दैन यात्रा यो इज हैन दिवश बोल्न खोजिराछ दिवश छोड्न सोचिराछ, इज कोर्न रोजिराछ आन्तरिक द्वन्द्व, दुई भाग, मुटु घोचिराछ अघि बढ्न खोज्दा संगीत ले नै मलाइ रोकिराछ यो इज हैन दिवश बोल्न खोजिराछ दिवश छोड्न सोचिराछ, इज कोर्न रोजिराछ आन्तरिक द्वन्द्व, दुई भाग, मुटु घोचिराछ अघि बढ्न खोज्दा संगीत ले नै मलाइ रोकिराछ म छु अर्को भागमा, खोलाका दुई तिर मुनि पानी छ अनि माथी अल्को भिर एउटा पासो लर्किराछ, 'ल टाउको' भनी छिर हाम्फाल्दे दिवश यम संग त नि गिर भित्र सपना तर सपना मात्र होकि एक वाक्य कोर्न कति पक्षहरु सोची लेख्ने हरु हुन्छ्न बिरामी र रोगी तर देख्दैन कोहि त्यसमा ज्ञानको छ ज्योती जुन छ टुक्रिएर बिभाजित यो अन्धकारमा म निभिसक्या हुन्न यति सानो अन्तरालमा तर बिपक्षी बस्छ्न दाजुभाइ हरुको खालमा सब सोरेर लग्छ्न जति हुन्छ मेरो थालमा त्यसैले खा आफैलाइ पूरा गर्न यो गित मात्र लेखेर तेरो जिन्दगी हुन्न ठिक तर म छु विखण्डित, के गर्न सक्छु अरु? फ्याकिदे कलम आमा बाउलाइ हेर बरु