एक्लो छु म, घरदेखि निकै टाढा आको छु थाकेको मन, बिसन्चो शरीर अलि झस्किएको केहि दिन भयो, सपनी अलि राम्रो देखेको छैन आराम त छौ? छ धेरै याद आइरहेको आजै किन शुन्यता छ यो कोलाहलमा दुई क्षण भएनी हेर्नु पाए हुन्थ्यो मुहार तिम्रो ए मेरी आमा, संघर्ष अझै गर्नेछु म यहाँ तिमी यसरी नै सधैँ मलाई सम्झाइराख्नु है बुझाइराख्नु है ♪ सुखी त छु, तर भन्नु पर्दा खुसी छैन ठुलो छ घर, यहाँ आफ्नो भन्ने कोही रहेन भन्छन् सबै, परिकथा जस्तो हुन्न जीवन मर्छु बरु, झुटो आँसु मलाई रुनु छैन ए मेरी आमा, नमरी बाँचे भने फर्कने छु म सबै दु:ख मेटिने गरि मलाई काख लिनु है अंगाली दिनु है ♪ याद आएमा सम्झनु है महसुस अवश्य हुनेछ यहाँ मलाई सजिने छ घर एकदिन, हाम्रो पनि तिम्रो भगवानलाई पुकार्नु है