तिमीले हेरेर हाँसिदिँदा मनै पग्लिन्छ तिमी नजिक आई बसिदिँदा ढुकढुकी सुनिन्छ कसो-कसो माया बस्यो धन्य होस् ईश्वर तिम्रो मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी मनैदेखि मानेँ तिम्लाई हरेक खुशी मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी मनैदेखि मानेँ तिम्लाई हरेक खुशी ♪ के हुन्थ्यो मेरो तिमीबिना, सोध्छु म कहिलेकाहीँ अनि महसुस गरेँ, कति खुशी रहेछु म तिम्लाई पाई हरेक पाइला तिम्रो साथ हुँदा मनै फुर्किन्छ नहुँदा तिमी कहिलेकाहीँ आँखा भरिन्छ कसो-कसो माया बस्यो धन्य होस् ईश्वर तिम्रो मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी मनैदेखि मानेँ तिम्लाई हरेक खुशी मनैदेखि मानेँ तिम्लाई मेरो जिन्दगी मनैदेखि मानेँ तिम्लाई हरेक खुशी