Kishore Kumar Hits

Chhewang Lama - Jaat şarkı sözleri

Sanatçı: Chhewang Lama

albüm: Jaat


तिमी पारि, म छु वारि
भेट्ने मन तर कसो गरू नि?
तिमी पारि, म छु वारि
भेट्ने मन तर कसो गरू नि?
झरी पर्यो, बाढी आयो
खोला अब तरूँ कसरी?
तिमी पारि, म छु वारि
भेट्ने मन तर कसो गरू नि?

उडी जाऊँ भने, हेर
म कुनै पन्छी होइन
हिँडी जाऊँ भने, मलाई
साथ दिने कोही छैन
के गल्ती भो मेरो?
जातै सानो भो भन्छ तेरो
कसको के बिगारे?
कसको के खाइदिए?
माया लाउन आइन् उनी
मैले नि माया लाइदिए
कहाँ गल्ती भो मेरो?
जातै सानो भो भन्छ तेरो
कसले बनायो जात?

हामी दुईलाई बनाइदिए नदीका किनारा
हाम्रो माया नबुझ्ने, कठै! पापी संसार
हामी दुईलाई बनाइदिए नदीका किनारा
हाम्रो माया नबुझ्ने, कठै! पापी संसार

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar