Kishore Kumar Hits

Kamal Khatri - Eh Hawa şarkı sözleri

Sanatçı: Kamal Khatri

albüm: Eh Hawa


ए हावा, ए हावा, मलाई पनि सँगै लिएर जा
यो मान्छेको भिडबाट टाढा-टाढा कतै लिएर जा
म उड्न चाहन्छु स्वतन्त्र भई, मलाई पनि उतै लिएर जा
म उड्न चाहन्छु स्वतन्त्र भई, मलाई पनि उतै लिएर जा
ए हावा, ए हावा, मलाई पनि सँगै लिएर जा

म फुल्न खोज्छु, म फल्न खोज्छु
लतारिदिन्छन् मान्छेहरू
म उठ्न खोज्छु, म हिँड्न खोज्छु
पछारिदिन्छन् मान्छेहरू
ए हावा, ए हावा, मलाई पनि सँगै लिएर जा
यो मान्छेको भिडबाट टाढा-टाढा कतै लिएर जा

म बोल्न खोज्छु, म खुल्न खोज्छु
बिथोलिदिन्छन् मान्छेहरू
म हाँस्न खोज्छु, म बाँच्न खोज्छु
निमोठिदिन्छन् मान्छेहरू
ए हावा, ए हावा, मलाई पनि सँगै लिएर जा
यो मान्छेको भिडबाट टाढा-टाढा कतै लिएर जा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar