Kishore Kumar Hits

Almoda Rana Uprety - Danda Pari (Mero Sano Gaun Chha) - Chill Version şarkı sözleri

Sanatçı: Almoda Rana Uprety

albüm: Danda Pari (Mero Sano Gaun Chha) [Chill Version]


डाँडापारि मेरो सानो गाउँ छ
त्यहाँ च्याङ्गबा र मैच्याङ्गको सानो घर छ
भेडीगोठ चराउन हिँड्दै गयो म
साँझ ढलिसक्यो, मैच्याङ्ग त कुरिरहेछ (हे)
डाँडापारि मेरो सानो गाउँ छ
त्यहाँ च्याङ्गबा र मैच्याङ्गको सानो घर छ (हे)
भेडीगोठ चराउन हिँड्दै गयो म
साँझ ढलिसक्यो, मैच्याङ्ग त कुरिरहेछ (हे)
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्ने रहर छ (हे)
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्ने रहर छ (हे)
मेरो सानो गाउँ छ (हे)
मलाई पुग्ने रहर छ (हे)
मेरो सानो गाउँ छ (हे)
मलाई पुग्ने रहर छ (हे)
नून लिने आशामा आएँ यति पर
टाउकोमा ऋण छ, तिर्नु छ कर (हे)
भारी छ डोकोको निधारमा नाम्लो
गोठाले जिन्दगी, तुइनको भर (हे)
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्नै पर्छ (हे)
डर छ, डर छ मलाई, डर छ, डर छ
घर पर छ, पर छ, पारि पुग्नै पर्छ (हे)
मेरो सानो गाउँ छ (हे)
मलाई पुग्नै पर्छ (हे)
उमेर ढल्कियो, चाउरियो छाया
आँखामा सपना, मुटुमा माया
घाँस र दाउरामा पीपल-बर
छातीमा साहस, किन मान्नु डर? (किन मान्नु डर? हो-ओ)
डाँडापारि मेरो सानो गाउँ छ
त्यहाँ च्याङ्गबा र मैच्याङ्गको सानो घर छ
चौँरीगोठ चराउन हिँड्दै गयो म
साँझ ढलिसक्यो, मैच्याङ्ग त कुरिरहेछ (हे)
डर छ, डर छ, के को डर छ, डर छ?
घर पर छ, पर छ, पारि पुग्नु नै छ
डर छ, डर छ, के को डर छ, डर छ?
घर पर छ, पर छ, पारि पुग्नु नै छ
ओ, हो (डर छ, डर छ, पर छ, पर छ)
मेरो सानो गाउँ छ (हे)
ओ, हो (डर छ, डर छ, पर छ, पर छ)
मलाई पुग्नु नै छ (हे)
ओ, हो (डर छ, डर छ, पर छ, पर छ)
मेरो सानो गाउँ छ (हे)
ओ, हो (डर छ, डर छ, पर छ, पर छ)
पारि पुग्नु नै छ (हो)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar