जरो छाडी गयो रूख भित्री कुनामा गाह्रो हुन्छ गल्न थाले यी रसिला आँखा मायाको बाटोमा ओछ्याइरहँदा कतिखेर तिम्लाई भेटी बह पोखूँ म? हराई त्यो अँगालोमा सबै भुल्नु छ बिन्ती लौ न, यो दूरीलाई मेटाइदेऊ न कोही हरबखत मन गर्छ हराई जानलाई माया, जूनलाई हेरी बसेको छौ होला नि मै पनि एकैछिन टोलाउँदै जूनमा अल्झेको छु थाहा छैन होला तिम्लाई, पहिले-पहिले माया गर्नेहरू यसै गरी हरेक रात गर्ने गर्थे अरे बात माया, यो ४० दिन, ४० जुनी सपनीमा भेट्ने वाचा गर्दै बिदा माग्छु आज ♪ जाने कुरा नगर बिदा मागी तिमीले आउनु छ तिमीलाई मकहाँ समयसँगै लडेर ४० जुनी त के, सयौँ जुनी पर्खुँला त्यतिन्जेल मायाले गाँसेर यो दूरी मेटौँला माया, आकाशमा गमी बसेको छौ होला नि म भने टुट्ने ती तारा कुर्दै सपनालाई सँगाल्दैछु थाहै नै थिएन मलाई, पहिले-पहिले माया गर्नेहरू यसै गरी हरेक रात गर्ने गर्थे अरे बात माया, यी दिनहरू सदियौँ जस्तै तिम्रो साथ पाएँ भने खुशी चिन्ला जीवनले ♪ जून हेरी पर्खी बस तिमी मलाई (तिमी हौ मेरो) जून हेरी पर्खी बस (तिमी हौ) तिमी मलाई (तिमी मेरो)