Kishore Kumar Hits

Garage Music - Thamana Haat şarkı sözleri

Sanatçı: Garage Music

albüm: Thamana Haat


थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिले
जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले

व्यस्त हुन्छु आजभोलि तिम्रै कल्पनामा
अड्केको छ मन यो मेरो तिम्रो हाँसोमा
रोकिदिउँला यो समय एउटा तस्विरमा
सहारा बन्नेछ यी यादहरू बुढेसकालमा

तर तिमी बहाना बनाइराछौ किन? मबाट एक्कासि टाढिन
थाहै होला तिमीलाई म छाड्दिन
यति छिटो हार म खाँदिन
अरु केही बहाना छ कि छैन तिम्रो?
लैजान्छु अब तिम्लाई संसार मेरो जहाँ हामी दुई मात्र हुनेछौँ
अँगालोमा बेरी बसेको, ढलेको घाम हेरी हाँसेको
त्यसैले आऊ समाऊ यी हात मेरो
थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो
खाऊ न कसम नछोडिने कहिले
जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले

थाम न हात यो तिमी मेरो
राख्नेछु तिमीलाई म अँगालोमा बेरी यो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar