Kishore Kumar Hits

Garage Music - Mero Sano Pari (Retake Sessions) şarkı sözleri

Sanatçı: Garage Music

albüm: Retake (Season 2)


मुटुमा लागेको घाउ मेरो यो
यादले तिम्रो म सिलाउँला
टाढा छौ तिमी, लिन आउन सक्दिन म
तर तस्वीर हेरी तिम्रो निदाउँला
सपनाको संसारमा फेरि-फेरि भेटौँला
तिमी चढ्ने घोडा म बनिदिउँला
अँगालोभरि न्यानो माया बोकेर
चिसो तिम्रो मुटु म सेकिदिउँला, mm
एकफेर आँखा फेरि खोल न
चञ्चलु आँखैले बोल न
मुसुक्क मुस्काई फेरि जिस्काऊ न
आँसुमा डुबाई नबिलाऊ न
एइ मेरो सानो परी, फेरि फर्की आऊ न
एइ मेरो सानो परी, फेरि फर्की आऊ न
एइ मेरो सानो परी, नबिलाऊ न
तिमीसँग बिताएका पलहरू सम्झेर
आँसु यो पुछी म हाँसिदिउँला
तिमी त छैनौ, तिम्रो याद बोकेर
अब जिन्दगीको बाटो यो हिँडिदिउँला
याद तिम्रो आउनेछ सधैँ-सधैँ, धेरै-धेरै
तर माया तिम्रो लागि सधैँ साँचिराखौँला म
हातले औँला मेरो समाऊ न
फेरि खेल्न आऊ तिम्रो खेलौना
निदाउन आऊ मेरो अँगालोमा
आँसुमा डुबाई नबिलाऊ न
एइ मेरो सानो परी, फेरि फर्की आऊ न
एइ मेरो सानो परी, फेरि फर्की आऊ न
एइ मेरो सानो परी, नबिलाऊ न
पङ्ख फिँजाई उडिरहनू, मेरो सानो परी
बादलपारि कुरी बस्नू, आउनेछु कुनै दिन म पनि, ओ-हो
टाढा हैन, तारा बनिदिनू तिमी
मुटुको माझमा सधैँ हुन्छौ तिमी
एइ मेरो सानो परी, फेरि फर्की आऊ न
एइ मेरो सानो परी, फेरि फर्की आऊ न
एइ मेरो सानो परी, नबिलाऊ न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar