Kishore Kumar Hits

Monkey Temple Nepal - Samaya şarkı sözleri

Sanatçı: Monkey Temple Nepal

albüm: Monkey Temple Nepal


समय बितेको थाहै भएन
जीवनको यो वेग रोकिएन
गन्तव्य त्यहाँ एकै किनारमा
म माझमा पुगे कि?
घाम झुल्केको थाहै भएन
अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
म त हिँडेँ, हिँडेँ...

ज्ञान मात्र तिमीले सिक्ने छैनौ केवल
किताबको पानाबाट
परिवर्तन यो समयको
समयले सिकाउँछ जीवनको महत्व
घाम झुल्केको थाहै भएन
अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
म त हिँडेँ, हिँडेँ...

साथीभाइ मेरा इष्टमित्र सबै
छरिएर बिरानो भएछन्
तर सबै एउटा नयाँ उज्यालो लिई
जीवनको नयाँ मोडमा
परिवर्तन त केवल एउटै जीवनको भाकै हो
सिमित रूपमै भएपनि तिमीले बुझ्नेछौ
यो जीवनको कुनै मोडमा
जीवनको कुनै मोडमा
घाम झुल्केको थाहै भएन
अर्को दिनको पर्खाइमा म त हिँडेँ, हिँडेँ...
म त हिँडेँ, हिँडेँ...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar