आकाशैमा चील उड्यो, धर्तीमा छाया गाँठो पारी बाँधिराख मेरै चोखो माया आहै, रेशमको रुमालैमा आहै, रेशमको रुमालैमा बैँसमा समुद्र पनि तरूँ-तरूँ लाग्छ फाँसी लागी झुन्डिएर मरूँ-मरूँ लाग्छ आहै, तिम्रो त्यो कपालैमा आहै, तिम्रो त्यो कपालैमा ♪ मायाप्रीति लाएपछि दुनियाँको के डर? जीवनमा एकपल्ट नफस्ने को छ? आहै, मोहनी जन्जालैमा आहै, मोहनी जन्जालैमा कमिज-पतलुन लगाउने नकले म ठिटा तर जन्तीहरूसित बाँधी आउँला है फेटा आहै, दौरा र सुरुवालैमा आहै, दौरा र सुरुवालैमा ♪ दौरा र सुरुवालैमा, दौरा र सुरुवालैमा रेशमको रुमालैमा, रेशमको रुमालैमा ♪ दौरा र सुरुवालैमा, दौरा र सुरुवालैमा रेशमको रुमालैमा, रेशमको रुमालैमा