Kishore Kumar Hits

YABI The G.O.A.T - Bhana şarkı sözleri

Sanatçı: YABI The G.O.A.T

albüm: Bhana


घामले किरण दिएझैँ मेरो जीवनमा उजेली भरिदेऊ न
भरिदेऊ न
चलिरहेको यो हावामा म जस्तै महसुस तिमी गरिदेऊ न
गरिदेऊ न
भरिएको आकाश छ, झरीको पर्खाइमा मेरो यो मन
केही अनौठो भावना पाउन
तिम्रा नयनलाई चुमी अँगालोमा तिम्लाई बाँधी
स्पर्श गर्नु छ बेग्लै भावना
तिम्रा रङ्ग सबै चढी ममा नउत्रिने गरी
परिसकेँ हेर केको फन्दामा
अब रुकुम् कि जान देऊ यो मुटुलाई
के ख्याल गर्न तिमी सक्छ्यौ र?
अब रुकुम् कि जान देऊ यो मुटुलाई
के ख्याल गर्न तिमी सक्छ्यौ र? भन
म पहिला अधूरो थेँ, जिन्दगीमा राम्रो लाग्थेन केही
आमा कसम! झाँसा हान्या हैन, तिम्लाई भेटेपछि बल्ल पूरा भएँ
म खुसी हुन्छु तिम्रो कुरा भए, झोँकमा सोचिन्छ, यदि म बूढा भए
तिम्रो हरेक चाहना म पूरा गर्थेँ, तर मन पर्दैन ठूलो कुरा गरे
ऊ मलाई खासै मन परेको पनि हैन सुरुमा
बिस्तारै बुझ्दै जाँदा थाहा नै भएन ऊ बसेछ मुटुमा
बोल्दैन झूटो म, साथ दिन्छु दुःखमा
बढी नसोच ल, साइडमै छु त म
टाढा छ लक्ष्य (oh yeah), टाइममा पुग्नु छ मैले
त्यसैले भेट्न गाह्रो, बुझ न कुरा (बुझ न)
पर्खिने भए मेरो लागि तिमी, wishes पूरा गर्छु तिम्रो लागि जे नि
म यस्तो, म त्यस्तो भन्ने नगर, तिम्रो अघि फिक्का लाग्छ मलाई चिनी
ढुक्क बस, तिम्लाई किन्दिन्छु रिङ नि
Life को गोरेटोमा सँगै हिन्दिम्
जे-जति भनेछ मनदेखि हो
नसोच डाइलग हान्दै छु
हिजो भेटेको यो जून डुबिसक्यो हेर
बिहानीको किरण परिसक्यो आँखामा
व्यक्त गर्दै छु तिम्रो याद एकफेर
तिम्रो नै चरित्र मेरा यी भाकामा
अब गरुम् त के गरूँ, भन तिमी
यो मनलाई बुझाउन के सक्छ्यौ र?
अब गरुम् त के गरुम्, भन तिमी
यो मनलाई बुझाउन के सक्छ्यौ र? भन
तिमीबिना बाँच्न सक्दिन, मन छैन तड्पिन
माछाले पानीबिना कसरी बाँच्न सक्नु त?
पिँजडाभित्रको पन्छीझैँ मन छैन बन्दिन (ना, ना)
तिम्रो मायामा तर यो मनले तिम्लाई सम्झिन्छ
तिमीबिना बाँच्न सक्दिन, मन छैन तड्पिन (अब रुकुम् कि जान देऊ यो मुटुलाई)
माछाले पानीबिना कसरी बाँच्न सक्नु त? (के ख्याल गर्न तिमी सक्छ्यौ र?)
पिँजडाभित्रको पन्छीझैँ मन छैन बन्दिन (अब गरूँ त के गरूँ, भन तिमी)
तिम्रो मायामा तर यो मनले तिम्लाई सम्झिन्छ, baby, daily (यो मनलाई बुझाउन के सक्छ्यौ र? भन)
हो, भन
भन (yeah) न
तिमीबिना बाँच्न सक्दिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar