गोरेटोभरि पहाड छन्, यात्रा म गरूँ कसरी? मुटुभरि घाउ छन्, पीडामा हाँसूँ म कसरी? गोरेटोभरि पहाड छन्, यात्रा म गरूँ कसरी? मुटुभरि घाउ छन्, पीडामा हाँसूँ म कसरी? गोरेटोभरि पहाड छन् पानी छैन नदी, खोला, बर्सातको याममा पानी छैन नदी, खोला, बर्सातको याममा छहारी छैन थकाइको बेला चैतको घाममा छहारी छैन थकाइको बेला चैतको घाममा पाइला-पाइलामा पहिरो छन्, यात्रा म गरूँ कसरी? मुटुभरि घाउ छन्, पीडामा हाँसूँ म कसरी? गोरेटोभरि पहाड छन् ढाकिदियो कालो बादल निलो आकाशमा ढाकिदियो कालो बादल निलो आकाशमा छाइदियो मरुभूमि हरियाली फाँटमा छाइदियो मरुभूमि हरियाली फाँटमा एक्लै-एक्लै न्याउली रुन्छ, यात्रा म गरूँ कसरी? मुटुभरि घाउ छन्, पीडामा हाँसूँ म कसरी? गोरेटोभरि पहाड छन्, यात्रा म गरूँ कसरी? मुटुभरि घाउ छन्, पीडामा हाँसूँ म कसरी? गोरेटोभरि पहाड छन्