बालक बबुरो दृष्टीको नाम हुँ म परेको छु पिंजडामा मकन, हरे शिव, शान्ति र चैन सपना बिच पनि रति भर छैन मेरा बान्धव बाबु र आमा बस्छन् वनका एक कुनामा को सित पोखुँ मनको ताप? गर्दै पिजडा बाट बिलाप ♪ आँशु बगाई कहिले रुन्छु कहिले मुर्दा तुल्य म हुन्छु कहिले पागल सरि उफ्रन्छु केवल वनको सुख सम्झन्छु फलफुल खाइ नित्य रमाई वनमा फिर्ने बबुरालाई विधिले पार्यो पिंजडा भित्र कर्म हरे शिव हुन्छ बिचित्र ♪ कति डुल्दो? कति फिर्दो? कति देशान्तर डुल्दछु? दैब हरे किन बालकलाई बन्धन पर्यो व्यर्थ मलाई? शीतल पहाडी कुन्ज निवासी भोजन मिठा पलको खास ति सब हुन कि आज बिनाश? बाँकी छ एकै मनको त्राश ♪ जागित्री