Kishore Kumar Hits

1974 A.D - Kahile Kahile şarkı sözleri

Sanatçı: 1974 A.D

albüm: Jangi Nishan


कहिले कहिले तिम्रो झझल्को
यो आँखामा नचाउन मन लाग्छ
कहिले कहिले तिमीलाई
कल्पनाको रानी बनाई
हिँडाउन मन लाग्छ

तिमीलाई जीवनको
भाकासितै सधैँ बाँधौं भन्छु
तर सबै यी मेरा भावनाका लहर मात्र नै हुन्
जस्तो मलाई लाग्छ
कहिले कहिले तिम्रो झझल्को
यो आँखामा नचाउन मन लाग्छ

तिमीलाई मायाको शब्द भरि
चिट्ठी लेखुं भन्छु
तर सबै यी मेरा कल्पनाका बहाई मात्र नै हुन्
जस्तो मलाई लाग्छ
कहिले कहिले तिम्रो झझल्को
यो आँखामा नचाउन मन लाग्छ
कहिले कहिले तिमीलाई
कल्पनाको रानी बनाई
हिँडाउन मन लाग्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar