पोखिएर घामको झुल्का भरि संघारमा तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसितै फक्री आँगनमा बतासको भाका टिपी बोलूँ बोलूँ लाग्छ है बोलूँ बोलूँ लाग्छ है कतिकति आँखाहरु बाटो छेक्न आउँछन् कतिकति आँखाहरु बाटो छेक्न आउँछन् परेलीमा बास माग्न कति आँखा धाउँछन् यति धेरै मानिसका यति धेरै आँखाहरु मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है रोजूँ रोजूँ लाग्छ है उडुँ उडुँ लाग्छ किन प्वाँख कहिले पलायो उडुँ उडुँ लाग्छ किन प्वाँख कहिले पलायो मनको शान्त तलाउको पानी कसले चलायो आफैंलाई थाहा छैन कसलाई थाहा होला त्यसैले त तिमीसित सोधूँ सोधूँ लाग्छ है सोधूँ सोधूँ लाग्छ है पोखिएर घामको झुल्का भरि संघारमा तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है खोलूँ खोलूँ लाग्छ है