यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी यी औंला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका यी औंला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि धरती उही छ पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि धरती उही छ न सक्छु म आकाश चिथोरेर फेर्न न सक्छु म जुनको उज्यालो नै छेक्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी