दिनको उज्यालोमा लुकाइ राख्छु रातको अँध्यारोमा नीर बहाउँछु म मान्छेले भनून् बिहानीको शीत हो यो -- हो ओ ओठलाई सधैँ सिई राख्छु बह पोख्छु यी हरफहरूमा सुन्नेले भनून् कसैको गीत हो यो -- हो ओ आँखाले हेरे देखिँदैन, मेट्न खोजे मेटिँदैन कुनै बूढो रोगजस्तो, बेलाबेला बल्झिरहन्छ दिलको छ घाउ पुरानो, सधैँ दुखिरहन्छ दिनको उज्यालोमा लुकाइ राख्छु रातको अँध्यारोमा नीर बहाउँछु म मान्छेले भनून् बिहानीको शीत हो यो -- हो ओ मुटु यति कमलो नभई, ढुङ्गाको गोला भईदिए या काँचको एक टुक्रा भए, यो घाउ यहाँ हुने थिएन छातीको भित्ता कमजोर नभए, आँखाको बाँध फुट्ने थिएन दिनको उज्यालोमा लुकाइ राख्छु रातको अँध्यारोमा नीर बहाउँछु म मान्छेले भनून् बिहानीको शीत हो यो -- हो ओ ओठलाई सधैँ सिई राख्छु बह पोख्छु यी हरफहरूमा सुन्नेले भनून् कसैको गीत हो यो -- हो ओ