Kishore Kumar Hits

Prem Dhoj Pradhan - Aai Jow Na Chahari Nira şarkı sözleri

Sanatçı: Prem Dhoj Pradhan

albüm: Maya Namara


आइजाऊ न छहारी निर
आइजाऊ न छहारी निर शीतलमा बसौँला, हो
मिलीजुली रसिया गाउन
आइजाऊ न छहारी निर

लस्करै चर्यो गाई-बाख्रा ताँती हरियो पाखामा
त्यो पारि वनैमा
लस्करै चर्यो गाई-बाख्रा ताँती हरियो पाखामा
त्यो पारि वनैमा
एक्लै बस्न उराठो लाग्छ
एक्लै बस्न उराठो लाग्छ
ए-हे-हे, आइदेऊ न साथमा, हो
आइदेऊ न साथमा, यो मेरो काखैमा
सुनिदेऊ न हृदय खोली मनको पुकार, हो
माया हाम्रो मालामा गासौँ न
आइजाऊ न छहारी निर

मुजुरा नाच्छ पालुवा झुली हावामा मस्केर
त्यो हाँगो नै लच्केर
मुजुरा नाच्छ पालुवा झुली हावामा मस्केर
त्यो हाँगो नै लच्केर
संसार बिर्सी नजिक आउँछु
ए-हे-हे, सुस्तरी जिस्केर, हो
सुस्तरी जिस्केर, मुटुमा अल्झेर
हेरिदेऊ न पुलुक्क हाँसी फर्किने बेलामा, हो
हात समाई वाचा गरौँ न
आइजाऊ न छहारी निर शीतलमा बसौँला, हो
मिलीजुली रसिया गाउन
आइजाऊ न छहारी निर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar