Kishore Kumar Hits

Prem Dhoj Pradhan - Tara Matra Haina Timi lai şarkı sözleri

Sanatçı: Prem Dhoj Pradhan

albüm: Maya Namara


तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो, हे
तिमीलाई मेरो झिलिमिली आकाश नै ओढाउँला
त्यो पाउमा रङ्गीचङ्गी वसन्त चढाउँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला
तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो, हे
तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
ती नशामा जोबनको मधु-धारा बगाउँला
सुकुमारी तिम्रा ओठ ती, ओठमा सँगालुँला
तिमीलाई मेरै न्यानो-न्यानो अँगालोमा म अँगालुँला
तारा मात्रै हैन, तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी, तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar