Kishore Kumar Hits

Deepak Kharel - Ashai Aashama şarkı sözleri

Sanatçı: Deepak Kharel

albüm: Celestile Notes


आशै आशमा डुब्नै लागें हे मनमोहन श्याम हरि
हे मनमोहन श्याम हरि
लौ न प्रभु अब पाउँ दर्शन नत्र विपदमा परें हरि
नत्र विपदमा परें हरि
आशै आशमा डुब्नै लागें हे मनमोहन श्याम हरि
हे मनमोहन श्याम हरि

चरण कमलको ध्यान लगाउँदै
चरण कमलको ध्यान लगाउँदै, प्रभु कथामा डुब्न सकुँ
प्रभु कथामा डुब्न सकुँ
लीला प्रभुको गूढ चिन्तनले
लीला प्रभुको गूढ चिन्तनले कृष्ण प्रभु भनी मर्न सकुँ

पञ्चतत्वले निर्मित मन्दिर
पञ्चतत्वले निर्मित मन्दिर, विषयानुकूल जीर्ण भयो
विषयानुकूल जीर्ण भयो
जान्दिनँ यसको पुनर्निर्माण
जान्दिनँ यसको पुनर्निर्माण कुन बेला यो ढल्ने हो

चरणामृतको पान म गर्दै
चरणामृतको पान म गर्दै, पदको रज बनिरहन सकुँ
पदको रज बनिरहन सकुँ
जति जन्म मरण बिते पनि प्रभु
जति जन्म मरण बिते पनि प्रभु, तिम्रो चिन्तन गर्न सकुँ
आशै आशमा डुब्नै लागें हे मनमोहन श्याम हरि
हे मनमोहन श्याम हरि
लौ न प्रभु अब पाउँ दर्शन नत्र विपदमा परें हरि
नत्र विपदमा परें हरि
आशै आशमा डुब्नै लागें हे मनमोहन श्याम हरि
हे मनमोहन श्याम हरि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar