Kishore Kumar Hits

Arthur Gunn - Hamro Din şarkı sözleri

Sanatçı: Arthur Gunn

albüm: Grahan


ती आकाशतिर हेर निला-निला छन्
तर कालो बादलले भने ढाकेछ
चराहरू उड्छन् रुखैबाट ती पङ्खहरू फरफराउँदै
सुर्यको किरणसँगै उठी सागर, समुन्द्रमाझ दिन बिताउँदा
साँझ पानी पर्दा तिमी नाचेको हेर्दा कति रमाइलो
म खोज्छु बुझ्न समय हाम्रो
मलाई नै सबै भए कति राम्रो
बदलियो जवाना, फेरिदियो मेरो दिन
खोलाहरू बग्छन् आफ्नै तालैमा
बगायो घर कसैको बितेको सालैमा
तर देख्दिन अरू केही बाहेक हराएको हाम्रो यो संस्कृति
हिँडेँ म आज भौतारिँदै भोलिको खोजीमा
तर पाएँ मैले सधैँ 'आज', 'भोलि' त रैछ मात्र आशा
म खोज्छु बुझ्न समय हाम्रो
देऊ मलाई सबै त्यही राम्रो
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलिँदै छ सारा संसार आँखै अगाडि
गएछ समय सुनौलो दिन पछाडि
त्यही नि गर्नुछ सङ्घर्ष केही बनाउन यो जीवनलाई
बितेको समय बित्न देऊ, अरूको कुराले आफूलाई नथिच्न देऊ
उठाऊ आफ्नै आवाज तिम्रो, कहिलेकाहीँ एक्लोपन जरुरी छ यो जीवनमा
म खोज्छु बुझ्न समय हाम्रो
मलाई नै सबै भए कति राम्रो
बदलियो जवाना, फेरिदियो हाम्रो दिन
म खोज्छु बुझ्न समय हाम्रो
देऊ मलाई सबै त्यही राम्रो
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो मेरो दिन
के भयो जवाना? कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो हाम्रो दिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar