Kishore Kumar Hits

Ekdev Limbu - Bharosha şarkı sözleri

Sanatçı: Ekdev Limbu

albüm: Bharosha


चम्किलो तिम्रो मुहार हेरी घायल भएछु
बचाउन आऊ है, कान्छी, मायामा फसेछु
भेटघाट कैले गर्ने हो, अहिले भनिदेऊ
मेरो कलिलो मनसँग नखेलिदेऊ है, आहै
त्यसैले यो टुटेको मुटुलाई फेरि जोडिदेऊ न
मायाको अनौठो गाँठोहरू सबै खोलिदेऊ न
भरोसा राख, तिम्रो अन्धकारमा म घाम बनिदिउँला
तिम्रो सबै आँसु मेटाई तिमीलाई हँसाई म हाँसिदिउँला
तिम्रो लागि जूनतारा टिपिदिउँला
तिम्रो म खुशी बनिदिउँला
तिम्रो लागि जे पनि गरिदिउँला है, आहै

बद्लिन्छन् ऋतुहरू, बदलिँदैन मेरो मन
तिमी नहुँदा अधुरो हुन्छ यो जीवन
माया त बसिसक्यो, तिमी पनि बस है
कहिल्यै नछोड्ने साथमा फसिसकेँ है, आहै
त्यसैले यो टुटेको मुटुलाई फेरि जोडिदेऊ न
मायाको अनौठो गाँठोहरू सबै खोलिदेऊ न
भरोसा राख, तिम्रो अन्धकारमा म घाम बनिदिउँला
तिम्रो सबै आँसु मेटाई तिमीलाई हँसाई म हाँसिदिउँला
तिम्रो लागि जूनतारा टिपिदिउँला
तिम्रो म खुशी बनिदिउँला
तिम्रो लागि जे पनि गरिदिउँला है, आहै

लु है, हाँसोको पात्र बनाऊ तर यसरी मलाई नसताऊ
कसरी बुझाउनु यो मुटुको कुरा?
त्यसैले यो टुटेको मुटुलाई फेरि जोडिदेऊ न
मायाको अनौठो गाँठोहरू सबै खोलिदेऊ न
भरोसा राख, तिम्रो अन्धकारमा म घाम बनिदिउँला
तिम्रो सबै आँसु मेटाई तिमीलाई हँसाई म हाँसिदिउँला
तिम्रो लागि जूनतारा टिपिदिउँला
तिम्रो म खुशी बनिदिउँला
तिम्रो लागि जे पनि गरिदिउँला है
आहै (लैबरी, लैबरी, लैबरी)
आहै (लैबरी, लैबरी, लैबरी)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar