Kishore Kumar Hits

Prakash Dutraj - Timi Nai Hau Sunako Gajura şarkı sözleri

Sanatçı: Prakash Dutraj

albüm: Timi Nai Hau Sunako Gajura


लैजाऊ है, लैजाऊ माया
लैजाऊ है, लैजाऊ माया
लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जति पाइन्छ
भरिएन यो मनको छेउ, सानु
अल्लि माया थपेर देऊ, सानु
लैजाऊ है, लैजाऊ माया
हो, भरिएन यो मनको छेउ, सानु
अल्लि माया थपेर देऊ, सानु
रुमाल दियौ, सिन्दूर देऊ, चुरा देऊ
आधा माया के दिन्छौ, पूरा देऊ
छलछल छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेको सानुले?
मलाई माया पुग्दैन यतिले
हाँ, छलछल छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेकी सानुले?
मलाई माया पुग्दैन यतिले
खै त कुरा बुझेको सानुले?
मलाई माया पुग्दैन यतिले
लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जति पाइन्छ
बुझ्देऊ एउटा रहर मनभरिको
एउटै गुँडमा बस्ने मन चरीको
लैजाऊ है, लैजाऊ माया
Hm-hm, बुझ्देऊ एउटा रहर मनभरिको
एउटै गुँडमा बस्ने मन चरीको
म छैन र? के लिन्छ्यौ डर, सानु?
दिउँला दिलमा मायाको घर, सानु
छलछल छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेकी सानुले?
मलाई माया पुग्दैन यतिले
छलछल छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेको सानुले?
मलाई माया पुग्दैन यतिले
खै त कुरा बुझेकी सानुले?
मलाई माया पुग्दैन यतिले
लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जति पाइन्छ
नगरे त नदीले जाँगर
थोपाले कहाँ भरिन्छ सागर?
लैजाऊ है, लैजाऊ माया
हो, नगरे त नदीले जाँगर
थोपाले कहाँ भरिन्छ सागर?
आँट गर्दैनौ, भन्छौ भोलि, भोलि
तिमी तिर्खा, हैन र म खोली?
छलछल छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेको सानुले?
मलाई माया पुग्दैन यतिले
हाँ, छलछल छलछल छाल हान्यो बगरैमा सेतीले
खै त कुरा बुझेकी सानुले?
मलाई माया पुग्दैन यतिले
खै त कुरा बुझेको सानुले?
मलाई माया पुग्दैन यतिले
लैजाऊ है, लैजाऊ माया कति चाहिन्छ
मनैदेखि माग्यौ भने जति पाइन्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar