Kishore Kumar Hits

Zeroo - Saral şarkı sözleri

Sanatçı: Zeroo

albüm: Saral


कहिलेकाहीँ सोची बस्छु life को बारेमा
जिन्दगीको गोरेटोमा हिँड्दा अलि थाकेँ म
पुरानो दिन सम्झिन्छु लामो सास फेरेर
यो बगिराको जिन्दगानी बित्यो यसै हेरेर
Everybody dies, not everybody lives
गरिराछौँ हरदिन hustle, हामी तिरिराछौँ bills
आजभोलि खुसी किन गर्न सक्दिन म feel?
निन्द्रा छैन रातमा, जहिले खानुपर्छ pills, uh
Life मा समाजले लाको रोकहरू
मध्यरातमा आइराख्छ नि नकारात्मक सोचहरू
आमाले भन्थिन्, "साथीभाइ बनाउँदा होस गर्नू"
बल्झिरहन्छ आफन्तले दिएर गाको चोटहरू
यो जिन्दगानी रैछ एउटा चलचित्र
खुसी हुने खुबी हुन्न रैछ सबसित
म आफैलाई भन्थेँ, "कहिल्यै पनि बद्लिन्न"
सपना पछ्याउँदा ढोका ढकढक्याएँ दशतिर
सोचेझैँ सरल छैन जिन्दगी
हिम्मत नहारी तिमी बाँचिराख्नू ल
चाहेको सबै कुरा पूरा हुन्न सायद, तर
त्यही पनि सपनाहरू साँचिराख्नू ल
धेरै नै समस्या छ, मलाई थाहा छ
तिम्रो मन नि धेरै आत्तिराको छ
गाह्रो हुन्छ, लाग्ला साह्रै दिक्क, तर
तिमी भने सधैँ हाँसिराख्नू ल
सोचेझैँ सरल छैन जिन्दगी
हिम्मत नहारी तिमी बाँचिराख्नू ल
चाहेको सबै कुरा पूरा हुन्न सायद, तर
त्यही पनि सपनाहरू साँचिराख्नू ल
धेरै नै समस्या छ, मलाई थाहा छ
तिम्रो मन नि धेरै आत्तिराको छ
गाह्रो हुन्छ, लाग्ला साह्रै दिक्क, तर
तिमी भने सधैँ हाँसिराख्नू ल
सँगै पढ्या साथीसँग छैन बोलचाल
चित्त नबुझेको कुरा छन् नि कतिपय
थाहा छैन को-को अझै बस्छन् टोलमा
म गर्थेँ प्रायः खुसी भाको अभिनय
आजभोलि एकान्त नै ठीक लाग्छ
मन पर्दैन भीडभाड त, दिमाग पूरै ठिस भाछ
आफ्नै सोच्या साथीभाइहरूले ईख राख्छ
त्यसैले पोख्छु मेरा यी भावना म गीतमार्फत
के रैछ जिन्दगानी? Hustle अझै जारी छ
काँधमा छ जिम्मेवारी, बिसाउँदिन भारी म
एकदमै सुनौलो संसार त बादलपारि छ
गरेँ अति मेहनत, अझै धेरै गर्न बाँकी छ
यो मन कहिलेकाहीँ अतालिन्छ
जिन्दगी लथालिङ्ग, धेरै नै पीडा छ मेरो कथाभित्र
सायद छडीले नै दम तोड्छ
समस्या नै घनघोर छ, मन लाग्छ नि सब छोड्न
सोचेझैँ सरल छैन जिन्दगी
हिम्मत नहारी तिमी बाँचिराख्नू ल
चाहेको सबै कुरा पूरा हुन्न सायद, तर
त्यही पनि सपनाहरू साँचिराख्नू ल
धेरै नै समस्या छ, मलाई थाहा छ
तिम्रो मन नि धेरै आत्तिराको छ
गाह्रो हुन्छ, लाग्ला साह्रै दिक्क, तर
तिमी भने सधैँ हाँसिराख्नू ल
सोचेझैँ सरल छैन जिन्दगी (जिन्दगी)
हिम्मत नहारी तिमी बाँचिराख्नू ल
चाहेको सबै कुरा पूरा हुन्न सायद, तर
त्यही पनि सपनाहरू साँचिराख्नू ल (साँचिराख्नू ल)
धेरै नै समस्या छ, मलाई थाहा छ
तिम्रो मन नि धेरै आत्तिराको छ (आत्तिराको छ)
गाह्रो हुन्छ, लाग्ला साह्रै दिक्क, तर
तिमी भने सधैँ हाँसिराख्नू ल

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar