यो मन नै त थियो तिमीलाई मैले दिन सक्ने तोडेर कहाँ गयौ? टुक्रा-टुक्रामा खोज्दै छु म यो साथ नै त थियो तिमीलाई मैले दिन सक्ने नबुझी छोडेर गयौ, आफैले आफैलाई कोस्दै छु म तिमी त अरूकै भनेर, आशाहरूलाई जलाउँदै छु आफ्नै भनेर हेर न, तिम्रै सारा दुःख म लिन्छु म छु, म छु तिम्रै लागि म छु ♪ भावनाहरूलाई बुझाउन शब्द खोज्दै गर्दा तिमीलाई गुमाएछु सारा संसारै भुलेर तिमीमै हराएछु वेदनाहरूलाई भुलाउन मायाको अर्थ खोज्दा तिम्रै नाम नै पाएछु तिमीलाई मैले रोजेँ तर जिन्दगीले हामीलाई रोजेन ♪ रोजेन, रोजेन, रोजेन ♪ तिमी त अरूकै भनेर, आशाहरूलाई जलाउँदै छु आफ्नै भनेर हेर न, तिम्रै सारा दुःख म लिन्छु म छु, म छु तिम्रै लागि म छु म छु