आजभोलि तिम्रै कुरा मनमा खेलिरहन्छ मुटुभित्र तिम्रै यादले नि सताइरहन्छ आजभोलि तिम्रै कुरा मनमा खेलिरहन्छ मुटुभित्र तिम्रै यादले नि सताइरहन्छ भनूँ-भनूँ लाग्छ तर कोही पाइन लुकीलुकी हिँड्ने मेरो बानी होइन भनूँ-भनूँ लाग्छ तर कोही पाइन लुकीलुकी हिँड्ने मेरो बानी होइन माया, माया के हो, भन न, तिमीले खोजेको? मनभरि आइरहन्छ याद तिमीले दिएको ♪ मनभित्र कुरा लुकाई हिँड्ने बानी थिएन कहिलेकाहीँ एकान्तमा बस्ने बानी थिएन मनभित्र कुरा लुकाई हिँड्ने बानी थिएन कहिलेकाहीँ एकान्तमा बस्ने बानी थिएन कहिले सुख, कहिले दुःख भनी बस्छु भन्थ्यौ साथ तिम्रो सधैँ मलाई नै दिन्छु भन्थ्यौ कहिले सुख, कहिले दुःख भनी बस्छु भन्थ्यौ साथ तिम्रो सधैँ मलाई नै दिन्छु भन्थ्यौ माया, माया के हो, भन न, तिमीले खोजेको? मनभरि आइरहन्छ याद तिमीले दिएको